शितगंगा नगरपालिका

वडाको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Sitganga Municipality Map

छविलाल पाैडेल

नगर प्रमुख

✆ ९८५७०२९४७६

गीता भाट

उप–प्रमुख

✆ ९८४९२२६४६४

शीतगंगा नगरपालिका क्षेत्रफलका आधारमा देशकै ठूलो नगरपालिका हो । यसको नामाकरण यहाँको पवित्र नदी शीतखोला वा शीतगंगाको नामबाट राखिएको हो । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ७ गाउँ विकास समितिहरु सीतापुर, सुवर्णखाल, ठाडा, सिमलपानी, सिद्धारा, जुकेना र जलुकेलाई मिलाएर यस शीतगंगा नगरपालिकाको स्थापना भएको हो । यो नगरपालिका ऐतिहासिक तथा आर्थिक हिसावले परापूर्व काल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन ।

पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससंग जोड्ने यो नगरपालिका शदियौं देखि व्यापारिक तथा सामरिक महत्व राख्ने नगरपालिका हो । पहिले यसैस्थान भएर पदमार्गबाट तराई हुँदै भारत तथा अन्य देशमा आवतजावत तथा व्यापार हुने गर्दथ्यो । विकासको क्रमसंगै सडक मार्गमा भएको स्तरोन्नति तथा सडक विस्तार हुँदै जाँदा यहाँको विकासमा तिब्रता आउन थालेको छ । यहाँको रमणीय ताल, वनजंगल, खोला नाला, पर्वतीय श्रृंखलाहरु, तथा पौराणिक मठ मन्दिरहरुको कारणले पर्यटकहरुका लागि समेत यो नगरपालिका आकर्षक स्थलको रुपमा विकसित हुँदै छ ।

भौगोलिक स्वरुप 
शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । ६१०.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको अधिकांश भूभाग दक्षिण तर्फ फर्किएको पानीढालको रुपमा र केहि खेतियोग्य जमीन समथर रहेको छ । यहाँको उत्तरी भाग महाभारत पर्वत श्रृङ्खला र दक्षिणी भाग चुरे भावर क्षेत्र तथा सानातिना नदी बेंसीहरूले ढाकेको छ । चुरे क्षेत्र दक्षिणको मैदानबाट अग्लो भई लगभग १५०० मिटरको उचाइ सम्म फैलिएको छ । यसको अग्लो भू–भाग, तिव्र ढालयुक्त डाँडा र पहाडबाट वनेको छ भने होचो नदीवेसीनहरुको खेतीयोग्य भूमि स–साना टुक्राहरु ९एबतअजभक०को रुपमा फैलिएको छ । चुरे क्षेत्रको भौगोलिक वनावट विशेष गरि बालुवा, कंकड कम विकसित पाँगो माटोबाट वनेको छ । कमजोर भू–धरातल कम विकसित माटाको अवस्थाका कारण मानविय क्रियाकलापः– गह्रा खेती, वन फँडानी, खोलानदीको बालुवा, ढुङ्गा, निस्कासन आदिबाट बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरुबाट यो क्षेत्र बढी जोखिमयुक्त वन्दै गएको छ ।

जनसाङ्खिकी विवरण (जनगणना २०७८)

Block
३७,६९१
जम्मा जनसंख्या
१७,७४९
पुरुष
१९,९४२
महिला
८०.०%
कूल साक्षरता दर
६१०.४३ ( वर्ग कि.मी.)
जम्मा क्षेत्रफल

शितगंगा नगरपालिकाका वडाहरु: