सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५१०९५६४७
पाणिनी गाउँपालिकाको पूर्वि सिमानामा पर्नै यो वडाको जम्मा क्षेत्रफल १०.३० वर्ग कि मि रहेको छ।यस वडाको ७३४.९६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु रहेका छन।कुल जनसङ्ख्याको ३१.५ % जनसङ्ख्या गरिविको रेखा भित्र पर्छन।यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १४ कि मि रहेको छ।
थप परिचय


संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि दह अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ र २ मा पर्दछ । हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो । देशका १०० गन्तव्य स्थलमध्ये छनोट भएको ठाउँ पनि हो ।यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै अ इ उ ण ऋ लगाएतका चौध सूत्रको स्वर निकालेको र तिनै सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको मान्यता छ ।
तपोभूमिस्थान उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ तराईका फाँट र भारतीय भूमि देख्न सकिन्छ । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सूत्रलाई ‘माहेश्वराणि सूत्राणि’ भनिएको र तिनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त एवं सिद्धान्तकौमुदीको रचना गरिएको संस्कृतका विद्वान्हरू बताउँछन् ।
पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएका चौध सूत्रलाई ‘माहेश्वराणि सूत्राणि’ भनिएको र तिनैका आधारमा लघुसिद्धान्त, मध्यसिद्धान्त एवं सिद्धान्तकौमुदीको रचना गरिएको संस्कृतका विद्वान्हरू बताउँछन् । पाणिनिका चौध सूत्रको प्रचारप्रसार र संस्कृतका व्याकरण रचना कार्यमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेको उनीहरूको भनाई छ ।