पाणिनीका मूख्य पर्यटकीय गन्तव्य

पाणिनी गाउँपालिका धार्मिक दृष्टिकोणले मात्र नभई शैक्षिक तथा पर्यटकीय रुपमा पनि निकै महत्वपूर्ण छ । यस पालिकाभित्र बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । हामी पाणिनि गाउँपालिकामा घुम्नै पर्ने केही स्थानहरुको बारेमा सामान्य चर्चा गर्न गइरहेका छाैँ ।

पाणिनी तपोभूमी

नेपालका एक सय गन्तब्य स्थल भित्र परेको पाणिनी तपोभुमि विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको स्थान हो । हजारौ बर्ष पहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखााचीको खिदीममा आएका पाणिनी ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र बिश्व भासा सम्पदाको प्रमुख स्थल हो ।

यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरे पछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउदै अईउण्, रिलृक्, एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी गाँउपालिका १ पणेना र २ पोखराथोकको बिचमा यो तपोभूमि पर्दछ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केहि मिनेट उकालो हिडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

दुर्वाशेश्वर गुफा

दुर्बाशा ऋषिले तपस्या गरेको स्थानको रुपमा दुर्बाशेश्वर गुफा रहेको छ । पाणिनि गाउँपालिका ३ खिदीमको दुर्गाफाटमा रहेको यसै दुर्वाशेश्वर अर्थात सात तले गुफामा बसेर दुर्बाशा ऋषिले तपस्या गरेको किम्बदन्ती छ ।

यस गुफा भित्र देवी देवताका मुर्तीका आकार, शेष नाग, हात्ती, जस्ता आकृती देख्न सकिन्छ । भगवान शिवको ज्योर्तीलिंग पनि यसै गुफा भित्र छ । यो गुफा भित्र सातवटा तला रहकाले सात तले गुफा पनि भन्ने गरिएको हो ।

महामृत्यु जय धाम कालीकाठी

पाणिनि गाउँपालिका वडा नम्वर ५ मैदान कालीकाठीमा यो धाम रहेको छ । प्राृकृतिक सुन्दरताले भरिपुर्ण यस धाममा मन्दिर तथा पौवा निर्माण भएको छ ।

राम वनवास जाने क्रममा केही समय सम्म यही ठाउमा कुटी बनाइ बसेका कारण यस स्थानको नाम कालाीकाठी रहेको हो । पिकनिक स्थलको रुपमा रहेको यो धाम अत्यन्त रमणीय छ ।

सिद्धेश्वर गुफा ढुङ्ढुङ्गे

सिद्धेश्वर गुफा उत्तर वाहिनी गंगा किनारकै छेउमा पहराको भित्तोमा सिद्धेश्वर गुफा रहेको छ । यस गुफालाई ढुङ्ढुङ्गे गुफाको नामले चिनिन्छ । दुर्वासा ऋषिले राजा पाण्डुकी पत्नी कुन्तालाई मन्त्र सुनाएको स्थल गुफा भएकाले ज्यादै पवित्र मान्निछ । गुफाको तल उत्तर वाहिनी गंगा वगेको छ । उक्त गंगा नाम अनुसारनै दक्षिण दिशाबाट उत्तर दिशातर्फ वगेको छ ।

उक्त गुफा कुन्तीको ५२ कोठे दरबारको रुपमा रहेको छ । सो गुफामा कुन्तीले दुर्वासा ऋषीको सेवा गरेवापत ऋषीले महत्वपुर्ण मन्त्र दिक्षीत गरी मन्त्रका आधारमा उनले सुर्यलाई आरधना गरिन् । त्यसपछी सुर्य उपस्थिती भई मलाई किन बोलाएको भनी कुन्तीले प्रश्न सोधिन ? सुर्यले मेरो मन्त्रको परिक्षण गर्न उपस्थित भएको भनि कुन्तीले हजुरको दर्शन पाए, खुसी छु, केहि चाहिएको छैन भन्दा सुर्यले कुन्तीलाई वरदान दिई कर्णलाई गर्भधारण गरिन् । कुन्ती अविवाहित थिईन, गर्भधारणपछि कर्ण पानीमा बगेर गएको भन्ने इतिहास छ ।

त्रिवेणीधाम

दुर्वासा ऋषिले तपस्या गरेको ठाउँको रुपमा परिचित रहेको छ । तपश्याको क्रममा सोही स्थानमा नुहाएकोले त्रिवेणीधाम रहेको विश्वास रहेको छ ।

३ वटा खोलाको संगमस्थल रहकाले मनोरम दृश्य रहेको छ । सडकको सहज पहुच, खानेपानीको व्यवस्था रहेकोमा बटुवाहरुको लागि विश्राम गर्नको लागि एउटा पौवा समेत बनाईएको छ ।

दुर्वाशेश्वर गुफा

दुर्बाशा ऋषिले तपस्या गरेको स्थानको रुपमा दुर्बाशेश्वर गुफा रहेको छ । पाणिनि गाउँपालिका ३ खिदीमको दुर्गाफाटमा रहेको यसै दुर्वाशेश्वर अर्थात सात तले गुफामा बसेर दुर्बाशा ऋषिले तपस्या गरेको किम्बदन्ती छ ।

यस गुफा भित्र देवी देवताका मुर्तीका आकार, शेष नाग, हात्ती, जस्ता आकृती देख्न सकिन्छ । भगवान शिवको ज्योर्तीलिंग पनि यसै गुफा भित्र छ । यो गुफा भित्र सातवटा तला रहकाले सात तले गुफा पनि भन्ने गरिएको हो ।

महामृत्यु जय धाम कालीकाठी

पाणिनि गाउँपालिका वडा नम्वर ५ मैदान कालीकाठीमा यो धाम रहेको छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण यस धाममा मन्दिर तथा पौवा निर्माण भएको छ ।

राम वनवास जाने क्रममा केही समय सम्म यही ठाउमा कुटी बनाइ बसेका कारण यस स्थानको नाम कालाीकाठी रहेको हो । पिकनिक स्थलको रुपमा रहेको यो धाम अत्यन्त रमणीय छ ।