सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८४७०९७२४४
यो वडाको जम्मा क्षेत्रफल २८.४३ वर्ग कि मि रहेको छ।यो वडाको मुख्य वस्तिहरु बहखोर नेटा बजार मसिना मरथुम अमजा भर्तापुर रहेका छन।यस वार्डको करिव ३२. ४७ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ८ कि मि रहेको छ।


मार्कन्य पुराणमा उल्लेख भएअनुसार देवघाटदेखी ऐरावतीसम्मको महाभारत पर्वत श्रृङ्खला भगवान शिवको मुख्य भ्रमण गर्ने स्थान नरपानीको लेकमा रावणले एक खुट्टाले टेकेर शिवको तपस्या गर्दा शिव खुसी भई महामृत्युन्जय मन्त्र दिक्षित गरेको पवित्र भुमी कालीकाठी क्षेत्र हो ।
यहाँ सुपादेउराली–नरपानी–ॐ श्रीकृष्ण गौशला–लहरे लेक–कालीकाठी लेक हुदैँ पाणिनी तपोभुमि दहसम्म पर्यटकीय मार्गको रुपमा विकसीत गर्न सक्ने सम्भावना छ । कालीकाठी लेक जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने विश्वास छ । वरपर जंगल रहेको यो क्षेत्रको प्रचारप्रसार गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ । यहाँ पर्यटकीय पुर्वाधारहरुको आवश्यकता छ ।