भूमिकास्थान नगरपालिका

वडाको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Bhumikasthan Municipality Map

झविलाल थापा

नगर प्रमुख

✆ ९८५७०६९९१२

बालकृष्ण बन्जाडे

उप–प्रमुख

✆ ९८५७०६९९११

भुमिकास्थान नगरपालिका नेपाल राज्यको लुम्बिनी प्रदेश अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । 

नामाकरण:-यस नगरपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय बासिका अनुसार हालको भुमिकास्थान मन्दिर भएको स्थानमा पहिला पुजा गर्ने थानलाई भुमेकाथान भनिन्थ्यो। पछि आएर त्यही पुजा गर्ने थानलाई भुमिकास्थान भनिएको र सोही थानको नामबाट यस क्षेत्रको नाम भुमिकास्थान रहेको छ !

 सीमाना:-यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क नगरपालिका, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा शितगंगा नगरपालिकासम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यो नगरपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

 हावापानी तथा जलवायु:-जैविक विविधताले भरिपूर्ण यो नगरपालिका समुन्द्र सतहबाट न्यूनतम १०१२ मिटर उचाईदेखि २५१५ मिटरसम्म फैलिएकोले यसको हावापानीमा पनि विविधता छ ! पहाडी भागमा अबस्थित भएको हुनाले हिउंदमा सामान्य जाडो र गर्मीमा सामान्य गर्मी हुनु यहाँको विशेषता हो ।

 नदीनाला तथा ताल तलैया:-यस नगरपालिकाको मुख्य नदीका रुपमा झिमरुक खोला रहेको छ भने खाकाबेशी, छापे, लम्ची, छिर्लिंङ खोलाहरु यहाँका साना खोलाहरु हुन् ! यस नगरमा साना-साना पोखरी र ताल तलैया रहेका छन् ! सेंग्लेंङ दह, मसिनाको लेक, दुर्बाङको फाँट र भुकफेंदी यस जिल्लाकै प्रसिद्ध तथा विशेष पहिचान भएका स्थानहरु हुन् ।

जनसाङ्खिकी विवरण (जनगणना २०७८)

Block
२८,१९२
जम्मा जनसंख्या
१२,५५२
पुरुष
१५,६४०
महिला
७६.९%
कूल साक्षरता दर
१५९.१३ ( वर्ग कि.मी.)
जम्मा क्षेत्रफल

भुमिकास्थान नगरपालिकाका वडाहरु