पाणिनी गाउँपालिका

वडाको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Panini RuralMunicipality Map

टेकराज न्यौपाने

अध्यक्ष

✆ ९८५७०३२०७७

नर्मदा गौतम पौडेल

उपाध्यक्ष

✆ ९८४७३५४४९४

सुवर्ण खनाल

प्रमुख प्रशासकीय अधिकृत

✆ ९८५७०६६४९८

पाणिनी गाउँपालिका पौराणिक कथन अनुसार यस जिल्लाको पणेना भन्ने स्थानमा पाणिनी ऋषि आई महादेवको तपस्या पाई संस्कृत व्याकरण तयार पार्न सफल भए भनिन्छ। पणेनाको वायव्य दिशामा (करीव ३ की. मी. टाढा ) दुर्वाशा ऋषीको आश्रम थियो भनिन्छ।

यस पाणिनी गाउपालिकाको जम्मा क्षेत्रफल १५१.४२ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका श्रिनगर¸ स्वर्गद्धारि¸ रेशुङ्गा जस्ता पर्यटकीय दृष्टिकोणले महत्त्वपुण रहेका स्थानहरुसंग राम्रो पहुच छ।निर्माणाधिन लुम्विनि­౼ सन्धिखर्क౼ ढोरपाटन सडक सम्पन्न भएर यातायात सञ्चालन भएपछि गाउँपालिकाको पर्यटकिय विकासमा थप मद्धत पुग्ने देखिन्छ।यस गाउँपालिकामा रहेका पाणिनी तपोभूमि¸ दुर्वाशेश्वर गुँफा¸ नर्तनाचल पर्वत¸ सिद्बेश्वर गुफा¸ आलमदेवि मन्दिर जस्ता महत्त्वपुण धार्मिक स्थलहरु रहेका छन।दक्षिणमा तराइ र उत्तरमा महाभारत पर्वत श्रङ्खलाको २५१५ मिटरसम्मको उचाइमा फैलिएको हुँदा यो गाउँपालिका वन वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले निकै धनी रहेको छ। दक्षिणमा भावरको केहि क्षेत्र¸ चुरे पर्वत श्रङ्खलाको केहि क्षेत्र र उत्तरमा महाभारत पर्वत श्रङ्खलासम्मको क्षेत्रमा विभिन्न जातका वोटविरुवाहरु जडिवुटि स्तनधारि जिवहरु चराचुरुङ्गिहरु सरिसृप जिवहरु तथा अन्य जलचर थलचर जिवहरुले आश्रय पाएको पाइन्छ।

जनसाङ्खिकी विवरण (जनगणना २०७८)

Block
२२,२९१
जम्मा जनसंख्या
१०,०००
पुरुष
१२,२९१
महिला
७९.९%
कूल साक्षरता दर
१५१.४२ ( वर्ग कि.मी.)
जम्मा क्षेत्रफल

पाणिनी गाउँपालिका वडाहरु