छत्रदेव गाउँपालिका

वडाको विवरण हेर्न नक्सामा Click गर्नुहोस्

Chhatradev RuralMunicipality Map

चन्द्रमान श्रेष्ठ

अध्यक्ष

✆ ९८४१७५४७०८

मनी पन्थी

उपाध्यक्ष

✆ ९८४७१०८३११

छत्रदेव गाउँपालिका विश्वमान चित्रमा २८.०० देखि २८.०१ डिग्री उत्तरी अंक्षाश र ८३.१३ देखि ८३.८४ डिग्री पूर्वी देशान्तरमा नेपाल राज्यको अर्घाखाँची जिल्लामा अवस्थीत पहाडी भू-भागमा रहेको छ । समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ।यहाँको हावापानी समशितोष्ण प्रकारको छ । ८७.६२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या वि.सं. २०७८ सालको जनगणना अनुसार २१६११ रहेको छ ।

साविकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गा.वि.स. को सबै भाग र चिदिका गा.वि.स.को १ नं. देखि ८ नं. वडा , अर्घातोष गा.वि.स. को २ नं. देखि ५ नं. वडा सम्म र मरेङ्ग गा.वि.स. को ७ नं. देखि ९ नं. वडा सम्मका गा.वि.स. भू-भागलाई मिलाई सिंगो छत्रदेव गाउँपालिका बन्नुका साथै साविकको छत्रगञ्ज हाल छत्रदेव-५ यसको प्रशासनिक केन्द्र भएको छ ।

यस गाउँपालिकाको नामाकरणसँग धार्मिक इतिहास मुखरीत भएको पाइन्छ । करिब ५००० वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्रमहाराजाको शीर भगवान श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरे बमोजिम भगवान श्री कृष्णले उलुक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति छ । उक्त मन्दिरमा परम्परा देखि हालसम्म दशैमा ठूलो मेला लाग्ने गरेको छ । छत्रमहाराजको मन्दिर र छत्रमहाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो ।

जनसाङ्खिकी विवरण (जनगणना २०७८)

Block
२१,६११
जम्मा जनसंख्या
९,४९५
पुरुष
१२,११६
महिला
७८.८%
कूल साक्षरता दर
८७.६२ ( वर्ग कि.मी.)
जम्मा क्षेत्रफल

छत्रदेव गाउँपालिका वडाहरु