पाणिनी गाउँपालिका वडा नं. ३

Panini RuralMunicipality Ward 3 Map

युवराज ज्ञवाली

वडा अध्यक्ष

✆ ९८५७०६१४०३

यो वडाको जम्मा क्षेत्रफल १८.३४ वर्ग कि मि रहेको छ।साविक गा वि स अनुसार यस वडाको करिव १२३०.८१ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु फर्सवा टाकुरा वरकारुख हटिया दुर्गाफाँट देवलचौर रहेका छन।कुल जनसङ्ख्याको २२.७१ प्रतिशत जनसङ्ख्या विदेशीएको छ। यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी ४ कि.मि. रहेको छ।

पर्यटकीय स्थलहरु

आलमदेवी मन्दिर

विगतमा भुरे राजाले राज्य गरेको ठाउँमा रहेको मन्दिर पाणिनि ३ मरुवाकोटमा अवस्थित रहेको छ ।

मन्दिर क्षेत्रमा ठुला ठुला औडार रहेकोर सो स्थानबाट फरकफरक खालको आवाज सुन्न सकिन्छ । मन्दिरमा रहेको शिलामा भेडा चढाउने प्रचलन रहेको छ । उच्च स्थानमा रहेको मन्दिरबाट चारैतिरका उच्च पहाड, हिमालहरु देख्न सकिन्छ ।