पाणिनी गाउँपालिका वडा नं. ६

Panini RuralMunicipality Ward 6 Map

कृष्णप्रसाद पौडेल

वडा अध्यक्ष

✆ ९८५७०६३६३३

पाणिनी गाउँपालिकाको दक्षिणी सिमानामा पर्नै यो वडाको जम्मा क्षेत्रफल १८.०२ वर्ग कि मि रहेको छ।यस वडाको १५०३.६६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु रहेका छन।

थप परिचय

पर्यटकीय स्थलहरु

सिद्धेश्वर गुफा ढुङ्ढुङ्गे

सिद्धेश्वर गुफा उत्तर वाहिनी गंगा किनारकै छेउमा पहराको भित्तोमा सिद्धेश्वर गुफा रहेको छ । यस गुफालाई ढुङ्ढुङ्गे गुफाको नामले चिनिन्छ । दुर्वासा ऋषिले राजा पाण्डुकी पत्नी कुन्तालाई मन्त्र सुनाएको स्थल गुफा भएकाले ज्यादै पवित्र मान्निछ । गुफाको तल उत्तर वाहिनी गंगा वगेको छ । उक्त गंगा नाम अनुसारनै दक्षिण दिशाबाट उत्तर दिशातर्फ वगेको छ ।

उक्त गुफा कुन्तीको ५२ कोठे दरबारको रुपमा रहेको छ । सो गुफामा कुन्तीले दुर्वासा ऋषीको सेवा गरेवापत ऋषीले महत्वपुर्ण मन्त्र दिक्षीत गरी मन्त्रका आधारमा उनले सुर्यलाई आरधना गरिन् । त्यसपछी सुर्य उपस्थिती भई मलाई किन बोलाएको भनी कुन्तीले प्रश्न सोधिन ? सुर्यले मेरो मन्त्रको परिक्षण गर्न उपस्थित भएको भनि कुन्तीले हजुरको दर्शन पाए, खुसी छु, केहि चाहिएको छैन भन्दा सुर्यले कुन्तीलाई वरदान दिई कर्णलाई गर्भधारण गरिन् । कुन्ती अविवाहित थिईन, गर्भधारणपछि कर्ण पानीमा बगेर गएको भन्ने इतिहास छ ।