सम्पर्क
Email: info.pjsnepal@gmail.com
Contact : +9779847292624

✆ ९८५७०८६५०७
यो वडाको जम्मा क्षेत्रफल १७. ८४ वर्ग कि.मि. रहेको छ। साविक गा. वि. स. अनुसार यस वडाको करिव १२८३. २५ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु घुम्ति,भन्ज्याङ्ग ढाक्रेवाश, हटिया, सतिनेटा, दुविचौर, देवलपोखरी, माझगाउँ झन्द्रेक, तल्लो झन्द्रेक, आरुपाटा रहेका छन।।कुल जनसङ्ख्याको करिव २७.८० प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव २५.३९ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन।यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १८ कि मि रहेको छ।


धार्मिक र पर्यटकिय हिसावले पुरातात्वीक एतिहास रहेको छ । मन्दिरमा प्रत्येक आईतवार दुध चढाईने प्रचलन रहेको छ । दुध चढाउनले पशुहरुमा राम्रो हुने विश्वास रहेको छ । नारी शक्तिबाट स्थापित भएको धार्मिक विश्वास रहेको छ । दशैको पुर्णिमाको दिन मेला लाग्दै आएको छ ।